बि.स. : २०८२ माघ २६, सोमबार

विश्व हिन्दु परिषदद्वारा गाई हत्यारालाई कार्यवाहिको मांग

Aarya News Desk 2551  पटक हेरिएको

विराटनगर । विश्व हिन्दु परिषदले गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै जिल्ला प्रशासन ज्ञापन बुझाएको छ । शुक्रबार जिल्ला कार्यसमिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सालाई गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै ज्ञापन बुझाएको हो।

विश्व हिन्दु परिषद जिल्ला कार्यसमिति पर्साका उपाध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृह मन्त्रालय सिंहदरबारलाई समेत उक्त कार्यवाहिको मांग गर्दै ज्ञापन पेश गरेको छ ।

मंसिर १९ गते राती कञ्चनपुर जिल्लामा पशु चौपाया व्यवस्थापनको क्रममा भएको गौह हत्यको बारेमा संस्थाको गम्भीर ध्याणकर्षण भएकोले ज्ञापन पत्रको मध्यमबाट बिरोध प्रदर्शन गरिएको सचिव बृजेश मल्लीकले जानकारी दिनुभयो ।

गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुशंख्यीक सनातनी हिन्दुको आस्था एवम् अन्तर आत्मा संग जोडिएको भएकोले त्यसो कार्य गर्ने उपर कानुनी कार्यवाहीको मांग सहित ज्ञापन पेश गरिएको सचिव मल्लीको बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : २२:२६:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!