बि.स. : २०८२ चैत्र १९, शुक्रबार

केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

Aarya News Desk 2467  पटक हेरिएको

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलमा नेतृत्व छनोटका लागि निर्माण गरिने मापदण्डमा पनि सुझाव सङ्कलन गरिने बताइएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभामा ७ सदस्य निर्वाचित भएका छन् । यस्तै राप्रपाले समानुपातिकमा प्रतिनिधिसभामा ७ तथा प्रदेशसभामा १७ सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १२:३८:२३ , ३ वर्ष अगाडि

error: Content is protected !!