बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुनको मूल्य तोलाको एकलाख नाघ्यो

Aarya News Desk 1637  पटक हेरिएको

विराटनगर । नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले बढेर एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : ११:२०:५८ , ३ वर्ष अगाडि

error: Content is protected !!