बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु

Aarya News Desk 2063  पटक हेरिएको

विराटनगर। मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

दुर्घटनामा कुनैपनि चोटपटक नलागेका रंगेली नगरपालिका–३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेलले चलाएको प्रदेश १–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८:३० बजेतिर रंगेली–३ निशान थानस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेपनि चालक पौडेल सामान्य थिए । बाहिरी चोटसमेत नदेखिएका उनी राति ९ बजेतिर आफै घरमा पुगेर सुतेका थिए ।

सुतेकै ओछ्यानमा भोलिपल्ट बिहान ७ बजेतिर मृत फेला परेका हुन् । तर, प्रहरीले भने मंगलबार साँझ ५: ३० बजेतिर मात्रै घटनाको जानकारी पाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : १२:२२:२१ , ३ वर्ष अगाडि

error: Content is protected !!