बि.स. : २०८२ माघ २६, सोमबार

जग्गा विवादमा दाइको हत्या

Aarya News Desk 3182  पटक हेरिएको

नयाँ दिल्ली। भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ । मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए।

त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको छ। एफआइआरमा ५५ वर्षीय दसाई मुण्डाले भनेका छन्, ‘उनको छोरा कानु मुण्डा डिसेम्बर १ मा घरमा एक्लै थिए । अरू सबै काम गर्न धान खेतमा गएका थिए। साँझ घर फर्किएपछि उनका भतिजा सागर मुण्डा र साथीले छोरा कानु मुण्डालाई अपहरण गरेको गाउँलेले बताए ।’

छोरा कतै नभेटेपछि बुबाले भोलिपल्ट एफआइआर दर्ता गराएका थिए । आरोपितलाई पक्राउ गरेपछि कुमाङ गोप्ला जङ्गलमा मृतकको शरीर र त्यसबाट १५ किलोमिटर टाढा दुल्वा तुङ्दी क्षेत्रमा टाउको फेला परेको मुर्हु प्रहरी चौकीका इन्चार्ज चुडामणि टुडुले बताए ।

हालसम्म पाँच थान मोबाइल, दुई रगतले लतपतिएको धारिलो हतियार, एउटा बञ्चरो र एउटा एसयूभी बरामद गरिएको प्रहरी अधिकृत टुडुले बताए । हत्याको मुख्य कारण मृतकका परिवार र अभियुक्तबीच लामो समयदेखि चलिरहेको जग्गा विवाद रहेको टुडुले बताए । बीबीसी

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : १०:५६:१२ , ३ वर्ष अगाडि

error: Content is protected !!