बि.स. : २०८२ चैत्र १८, बिहिबार

राजस्व छल्नेविरुध सरकारको उच्च निगरानी

आर्य न्युज 4817  पटक हेरिएको

विराटनगर २० गते वैशाख। सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिलो समय भन्सार छलेर राजस्व चुहावट गर्ने बढेकोले उच्च निगरानी बढाएको हो।

अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।

यसअघि गत ४ गते वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकम

प्रकाशित मिति: २०२२-०५-०३ , समय : ०८:१६:५० , ४ वर्ष अगाडि

error: Content is protected !!