बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९९ हजार ९ सय पुगे

Aarya News Desk 3859  पटक हेरिएको

विराटनगर। नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९९ हजार ९ सय पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा चार सयले बढेको हो ।

आइतबार प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज ९९ हजार नौ सय पुगेको हो। तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय कायम गरिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १५:२७:४३ , ३ वर्ष अगाडि

error: Content is protected !!