बि.स. : २०८२ चैत्र १८, बिहिबार

एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

Aarya News Desk 4017  पटक हेरिएको

नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन टोली बनाएको छ।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : १६:०८:२८ , ३ वर्ष अगाडि

error: Content is protected !!