बि.स. : २०८२ माघ २६, सोमबार

अध्यक्ष शिवहरि भट्टराई रिसोर्टमा मृत फेला परे

Aarya News Desk 2667  पटक हेरिएको

सर्लाही। मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन पुगेका भट्टराई शुक्रबार राति बास बसेको पत्थरकोटस्थित रिसोर्टमा मृत फेला परेका हुन् ।

सप्तरीको राजबिराज नगरपालिका ७ बस्ने ६७ वर्षीय भट्टराई कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नै जनकपुरबाट पत्थरकोट पुगेका थिए । बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न गएका भट्टराई शनिबार बिहान नउठेपछि बोलाउन जाँदा मृत फेला परेका हुन् ।

अहिले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ । मुचुल्का तयार पारेपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

भट्टराईको निधले साधारण सभाका सम्पूर्ण कार्यक्रम स्थगित भएको नेपाल पत्रकार महासङ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : १५:३७:०३ , ३ वर्ष अगाडि

error: Content is protected !!