बि.स. : २०८२ माघ २६, सोमबार

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

Aarya News Desk 3391  पटक हेरिएको

विराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्की जितसँगै दोस्रो पटक संसद भवन प्रवेश गर्ने भएका छन्। कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लड्दै आएका हुन्।

२०७४ को निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : ११:२९:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!