बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

लागु औषध ६० किलोग्राम गाँजा सहित १ जना पक्राउ

Aarya News Desk 2183  पटक हेरिएको

विराटनगर । उदयपुरको कटारी नगरपालिका-६ साँगुरी स्थितबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो ।

अवैध लागुऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-११-३० , समय : १२:२६:५८ , ३ वर्ष अगाडि

error: Content is protected !!