बि.स. : २०८२ चैत्र १९, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीले सुकुम्वासीहरूलाई भोट बैंकका रूपमा प्रयोग गर्दै :मेयर बालेन शाह

Aarya News Desk 2726  पटक हेरिएको

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कडा आपत्ति जनाएका छन्।

मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सुकुम्वासीहरू भोट बैंकका रूपमा प्रयोग गरेका आरोप लगाएका छन्।

महानगरपालिकाले थापाथलीस्थित सु्कुम्वासी हटाउन लागेको बारे अध्यक्ष ओलीले पार्टी कार्यालयमा बोल्दै वैकल्पिक व्यवस्थापन गरी उठाउनुपर्नेमा बल प्रयोग गर्नू निन्दनीय भएको बताएका थिए।

मेयर शाहले ओलीको नेतृत्वमा सरकार बनेका बेला लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर ठड्याउने तथा हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई अगाडि बढाउने कार्य गरेको बताए।

प्रकाशित मिति: २०२२-११-३० , समय : ११:३०:३९ , ३ वर्ष अगाडि

error: Content is protected !!