बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बाजुरा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि स्थगित भएको मतदान आज हुदै

Aarya News Desk 1799  पटक हेरिएको

बाजुरा। बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा उच्च सुरक्षाकाबीच शनिबार बिहान ७ बजेबाट पुन मतदान सुरु भएको छ । मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो ।

मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुन: मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो। बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहयाक प्रहरी निरीक्षक ईश्वर नायकले बताए ।

मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ । नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाकाबीच मतदान भइरहको नायकले बताए।

प्रकाशित मिति: २०२२-११-२६ , समय : ११:३३:४७ , ३ वर्ष अगाडि

error: Content is protected !!