बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिए

Aarya News Desk 1858  पटक हेरिएको

काठमाडौं। रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ।

निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगायतका दलहरूले विरोध गरेपछि मतगणना रोकिएको हो।

उनीहरूले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालिका बाहिर नाराबाजी गरेका छन्। ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ।

निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनमा आवद्ध दलले पुनः मतदानको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले भने कम्युटरमा प्रविष्ट गर्दा मात्रै फरक परेकाले सच्चाइएकाले जनाएको छ।

अहिलेसम्मको मतगणनाअनुसार रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो स्थानमा छन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : १६:१५:२८ , ३ वर्ष अगाडि

error: Content is protected !!