बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मोरङमा पहिलो स्वतन्त्र उमेदवार मण्डल विजय

Aarya News Desk 2381  पटक हेरिएको

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर निर्वाचित भएका हुन्।

मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् । भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा काँगे्रसका अमृत अर्याललाई हराउदै विजयी बनेका माओवादी केन्द्रका नेता मण्डल ०७० मा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बनेका थिए । यता स्वतन्त्र उम्मेदवारी दिएका मण्डल भने विद्यार्थीकालको राजनीति गर्दा मात्रै निर्वाचनमा जितेको अनुभव रहेको बताउछन ।

को हुन् मण्डल ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट राजनीतिमा उदाएका धनपालथान गाउँपालिका २ का मण्डल २ दशकअघि स्थापना गरेकोे जीवन विकास लघुवित्त संस्थाका संस्थापक अध्यक्ष हुन् ।

२०५४ सालमा स्थापना गरेको सो संस्थाले २४ जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको छ। तीन लाखभन्दा बढी सदस्य रहेको सो संस्थामा एक हजार दुई सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लघुवित्त संस्थाको उपलब्धि र कामले प्रत्यक्षरुपमा क्षेत्र नम्बर ५ का जनतामा प्रभाव परेको छ।

५ नम्बर क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित स्थापना भएको जीवन विकास लघुवित्तले स्वास्थ्य, शिक्षाको क्षोत्रमा पनि उत्तिकै प्रभावकारी भूमिका खेल्दै आएको छ ।

दुई वर्षभित्र तीन सय शय्याको सुलभ अस्पताल सञ्चालनका लागि उनको नेतृत्वमा संरचना निर्माण भइरहेका छन् । आफूले सञ्चालनमा ल्याएको लघुवित्तमा सफलता हासिल गरेपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

२०७४ सालको निर्वाचनपछि उनले एमालेबाट नै मोरङ क्षेत्र नम्बर ५ मा केन्द्रित रहेर राजनीति शुरु गरेका थिए।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०८:४५:२६ , ३ वर्ष अगाडि

error: Content is protected !!